अष्ट्रेलियाको राजधानी क्यानवेरामा गुञ्जिदैं ‘कुटुम्ब’-Sutra News

अष्ट्रेलियाको राजधानी क्यानवेरामा गुञ्जिदैं ‘कुटुम्ब’

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०

अष्ट्रेलियाको राजधानी क्यानवेरामा चर्चित नेपाली लोक साँगितिक ब्याण्ड कुटुम्बले पहिलो पटक आफ्नो प्रस्तुती दिने भएको छ ।



केटीएम इभेन्ट म्यानेजमेन्टको आयोजनामा सक्सेस एजुकेसन एण्ड भिजा सर्भिसेसको प्रस्तुति रहेको उक्त कार्यक्रम जुन १७ तारिख आयोजना हुन लागेको हो ।

राजाधानी क्यानवेरामा रहेको कोपल्याण्ड लेक्चर थिएटरमा सम्पन्न हुने उक्त कार्यक्रमका लागि कुटुम्ब अष्ट्रेलिया पुगिसकेको छ ।

राजाधानी क्यानवेरामा पहिलो पटक आफ्नो प्रस्तुति राख्न लागेको कुटुम्बले यस अघि अष्ट्रेलियाका अन्य राज्यहरुमा भने नेपाली मौलिक बाजाहरुको धुन प्रस्तुत गरिसकेको छ ।

सन् २००४ देखि नेपाली संगीतको क्षेत्रमा सकृय रहेको कुटुम्बले नेपाली लोक सांगीतिक बाजाहरुलाई आफ्नो पहिचान बनाएको छ । नेपाली मौलिक बाजा र धुन मन पराउने कैयन नेपालीहरुका लागि यो कार्यक्रमले निकै महत्व राख्ने आयोजक केटीएम इभेन्ट म्यानेजमेन्टका संचालक सरोज महर्जनले बताए ।

पछिल्लो समय अष्ट्रेलियामा नेपाली सांगीतिक कार्यक्रमहरुको बाढी नै आएको छ । यो भिडमा ‘कुटुम्ब’को यो कार्यक्रम फरक र उत्कृष्ट हुनेमा हामी आशावादी छौँ, उनले भने ।

कुटुम्ब राजाधानी क्यानवेराको कार्यक्रम सकेर अन्य राज्यहरुको कार्यक्रममा सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट