नेपाली संगीत बजारमा केही समयअघि चर्चित बनेको ‘धुरु धुरु’ बोल गीतको चाईल्ड भर्जन सार्वजनिक भएको छ ।
चाइल्ड भर्जनमा बालगायक सुप्रिम मल्लको स्वर छ ।
अर्जिनल भर्जनमा भने देवि घर्तिमगरको आवाज छ । गीतमा बिमला हुँमागाई (बोध श्री) को शब्द सृजना, बहुप्रतिभाशाली ब्यक्ति डि.आर सुजनको थेगो र संगीत छ ।
गीतको भिडियोमा बिमला हुँमागाई (बोध श्री) को निर्देशन, सुरेश श्रेष्ठको छायांकन, बिबेक सुनारको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुप्रिम मल्ल ठकुरी, बिदान मैनाली, सागर, बोध श्री आदीको अभिनय रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।