सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसईई प्रिन्सेस २०२३’ को ताज प्राश्ना श्रेष्ठले जितेकी छन् ।
विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी छन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन् ।
त्यसै गरी प्रस्ट रनरअप अदिति शर्मा भइन् भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन् । सेकेन्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतर्फ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्, थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटिङमार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन् । फोर्थ रनरअपको ताज प्रतिष्ना कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् ।
त्यसैगरी अन्य विधागत अवार्ड तर्फको ‘सिन्सियर सजना तामाङ, हम्बल प्रशंसा लिम्बु, अनेष्ट आर्सी महर्जन, प्रिटी श्रीयुती भण्डारी, वेस्ट स्माइल सुमीता महतो, हार्ड ओर्किङ कामना कुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कुँवर , फ्रेष्डसिप एन्जल महर्जन , स्टाइलिस सलिनता गुरुङ, वेष्टवाक अनु खड्का ,कन्फीडेन्ट अश्लेसा सिटौलाले जिते ।
उक्तका विजेता प्राश्ना श्रेष्ठले नामी कलेज एसईई प्रिन्सेज २०२३’ को ताज र उपाधि सहित नामी केलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाखको छात्रवृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यान लगायत विभिन्न उपहार हात परिन् ।
त्यस्तै गरी फ्रस्ट रनरअप र सेकेन्ड रनरअपले पनि नामी कलेज र साउथ वइस्र्टन स्टेट कलेज, हिमालयन ह्वाइ हाउस इन्टरनेश्नल कलेज, स्वस्तीश्री आईवि वर्ल्ड स्कुल रेडन कलेजहमा १ लाख बराबरको छात्रवृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यान लगायत विभिन्न उपहार प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्