राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार मंगलबार बिहान ११ बजे अस्पतालमा भर्ना गरिएको हो । उनको मुटुलगायत स्वास्थ्य उपचारको लागि अस्पताल लगिएको स्रोतले बतायो।
पौडेललाई अस्पतालको ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार गरिएको छ । राष्ट्रपति पौडेलको सचिवालय स्रोतका अनुसार अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले उनको स्वास्थ्य जाँच गरिरहेका छन्।
तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन ।