शेयर बजार साताको तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलबार ३४.१७ अङ्कले बढेर दुई हजार २०२०.६४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । सोमबार दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा आज २७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, बुलुङ इनर्जी विकास कम्पनी र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।