प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेश्नल हस्पिटलमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य परीक्षण गरेको भए पनि मंगलबार मात्र अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
नर्भिक हस्पिटलका प्रवक्ता सोमनाथ बास्तोलालेले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो ३:४० बजे थापाथलीस्थित नर्भिक अस्पताल आउनुभएको थियो। करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गराउनुभएको थियो । सो क्रममा उहाँको स्वास्थ्य अवस्था सामान्य देखिएको जानकारी गराउँदछौ।’
प्रतिक्रिया दिनुहोस्