सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
गत जेठ २४ गते प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमलाई मंगलबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो ।
योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।