माइतीघरमा नागरिकता माग गर्दै आत्मदाहको प्रयास-Sutra News

माइतीघरमा नागरिकता माग गर्दै आत्मदाहको प्रयास

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०

नागरिकता माग गर्दै माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।



सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका प्रहरीले जनाएको छ । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् ।

उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । तर उनले अझैसम्म नागरिकता नपाएको भन्दै संघर्ष समितिको आन्दोलनमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट