कस्तो छ राष्ट्रपतिको स्वास्थ्यवस्था ?-Sutra News

कस्तो छ राष्ट्रपतिको स्वास्थ्यवस्था ?

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०
फाइल तस्वीर

राष्ट्रपति रामचन्द्र पौडेलको उपचार गंगालाल अस्पतालमा जारी छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति पौडेललाई भर्ना गरिएको जानकारी दिए ।



निर्देशक डा. अधिकारीका अनुसार उनका चिकित्सकको सल्लाह अनुसार राष्ट्रपति पौडेललाई २४ घण्टा अस्पतालमा अवलोकनमा राखिएको छ । बुधबार डिस्चार्ज गर्ने तयारी भएको अधिकारीले जानकारी दिए ।

यसअघि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट