नेपाल लगातार तेस्रो पटक पराजित-Sutra News

नेपाल लगातार तेस्रो पटक पराजित

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०

आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको छ ।



नेपालले दिएको २७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो । यसअघि जिम्बावेको हरारेमा पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २७६ रन बनाउँदा अलआउट भयो ।

अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीबार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट