आज पनि बढ्यो शेयर, ५ अर्बभन्दा बढीको कारोबार-Sutra News

आज पनि बढ्यो शेयर, ५ अर्बभन्दा बढीको कारोबार

बुधबार, ३१ जेष्ठ २०८०

बुधबार, ३१ जेष्ठ २०८०

शेयर बजार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । आज १६.४२ अंकले बढेर नेप्से २०३७.०६ को विन्दुमा पुगेको छ । एक समय २०६६ भन्दामाथि पुगेको सेयर उतारचढाव हुँदै १६ अंकमाथि बढेको हो ।



बुधबार २७५ कम्पनीका १ करोड २५६ लाखभन्दा बढी कित्ता शेयर ७९ हजार ४६१ पटक कारोबार भएको थियो । उक्त किनबेचबाट आज ५ अर्ब एक करोड ७८ लाख सात हजार ६८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । शिवमको मात्र बुधबार २८ करोडभन्दा बढी र दोस्रोमा हिमालयन डिस्टिलरीको २४ करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज खप्तड लघुवित्त र सिटी होटेलको शेयर सकारात्मक सर्किट लेभलमा बढ्दा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको ५.६२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट