हुँदै नभएको वडामा १० लाख विनियोजन-Sutra News

हुँदै नभएको वडामा १० लाख विनियोजन

बुधबार, ३१ जेष्ठ २०८०

बुधबार, ३१ जेष्ठ २०८०

माडी नगरपालिकामा ९ वटामात्रै वडा छन् । २०७१ मंसिर १६ गते माडी उपत्यकाका ४ गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो ।



गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँ विकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो । सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले ९ वडा कायम गरेको थियो ।

संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हुँदै नभएको माडी नगरपालिका-१० लाई बजेट विनियोजन गरेको छ । माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले ससर्त अनुदानको बजेट पठाएको छ । १० लाख रुपैयाँ बजेट वडा नं १० भनेर छुट्टयाइएको छ ।

नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको नगरपालिकाले जनाएको छ ।

माडीमा अन्तर सरकारी वित्तीय रकम ४७ करोड ५१ लाख बजेट आएको छ । त्यसमध्ये समानीकरण अनुदान १२ करोड १५ लाख, नेपाल सरकारको समानीकरण न्यूनतम अनुदान ३ करोड ५० लाख, समानीकरण सूत्रमा आधारित अनुदान ८ करोड १४ लाख, समानीकरण कार्यसम्पादनमा आधारित अनुदान ५१ लाख रुपैयाँ छ । ससर्त अनुदान ३० करोड ३६ लाख छ ।

संघीय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, सामाजिक विकासलगायत क्षेत्रमा बजेट तोकेर पठाएको छ । विशेष कार्यक्रमअन्तर्गत २ कार्यक्रम वडा नै तोकेर पठाइएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट