अत्यधिक गर्मीले लाखौं माछा मरे-Sutra News

अत्यधिक गर्मीले लाखौं माछा मरे

बुधबार, ३१ जेष्ठ २०८०

बुधबार, ३१ जेष्ठ २०८०

अमेरिकाको टेक्सासस्थित क्विन्टाना समुद्री किनारमा लाखौं माछा मृत भेटिएका छन् । तापक्रम बढ्दा पानी तातेर सास लिन नसक्दा माछा मरेको विशेषज्ञहरुको अनुमान छ । टेक्सास वाइल्ड लाइफ डिर्पाटका अधिकारीहरुका अनुसार तातो पानीमा अक्सिजनको मात्रा कम हुन्छ, जसले गर्दा सास फेर्न सक्दैनन् र उनीहरु मर्छन् ।



यसरी मर्नेमा धेरैजसो म्यानहेड प्रजातिका माछा रहेको बताइएको छ । अहिले सामाजिक सञ्जालमा मृत माछाको तस्बिर र भिडियो भाइरल बनेको छ ।

न्युयोर्क पोस्टका अनुसार गर्मीमा यसरी माछा मर्नु सामान्य कुरा हो । समुद्रमा गहिरो पानीको तुलनामा किनारको पानी बढी तातो हुन्छ । माछा किनाराको पानीमा फस्ने र त्यहाँबाट फर्किन सक्ने सम्भावना कम हुन्छ ।

माछा मर्नुअघि पानीमाथि आएर अक्सिजन लिन कोसिस गर्छन् । टेक्सासमा मरेका माछा शुक्रबारदेखि नै किनारतिर आउने क्रम जारी छ । टेक्सास प्रशासनका अनुसार मरेका माछा हटाउँदै समुद्री किनार खाली गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट