वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ-Sutra News

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

बुधबार, ३१ जेष्ठ २०८०

बुधबार, ३१ जेष्ठ २०८०

धनुषाको नगराइन नगरपालिका- २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरूलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ । सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट