कठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि आज (बिहीबार) बोलाएको छ ।
बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए ।
समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीलाई आज बिहान ८ बजे समितिमा बोलाइएको छ । समितिमा कार्कीले कार्ययोजना प्रस्तुत गर्नेछन् ।
समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् । हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् ।