शरणार्थी प्रकरण: थुनछेक आदेशको सम्भावना कति, के होला ‘हाईप्रोफाइल’ आरोपितको भविष्य ?-Sutra News

शरणार्थी प्रकरण: थुनछेक आदेशको सम्भावना कति, के होला ‘हाईप्रोफाइल’ आरोपितको भविष्य ?

बिहिबार, ३२ जेष्ठ २०८०

बिहिबार, ३२ जेष्ठ २०८०

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा छ । आज बाँकी आरोपितहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिकृष्ण महर्जन र लक्ष्मी महर्जनका तर्फबाट बहस हुन बाँकी छ । पूर्व सभासद आङटावा शेर्पाका एक जना कानुन व्यवसायीले समेत बहस गर्न बाँकी छ । बाँकी तीन जना प्रतिवादी र सरकारी वकिल कार्यलयबाट जवाफी बहस हुने छ ।



यो प्रकरणको सुनुवाइ गरिरहेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थुनछेक आदेश दिनेछन् । हिजो नै थुनछेक आदेश गर्ने पूर्व तयारी भएपनि प्रतिवादी पक्षको बहस लम्बिएपछी बुधबार थुनछेक आदेश हुन नसकेको हो । मंगलबारसम्म सकिने अनुमान गरिएको थियो ।

आज टी ब्रेक अगाडि तीन घण्टा सरकारी वकिलको तर्फबाट जवाफी बहस सुनेपछि आदेश गर्ने तयारीमा रहेका न्यायाधीश न्यौपाने ‘हाईप्रोफाइल’ प्रतिवादीका धेरै कानुन व्यवसायीले बहस गरेपछि आज पनि आदेश दिन सक्ने वा नसक्ने अन्यौलमा छन् ।

न्यायाधीश न्यौपानेले दिने आदेशले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहसचीव टेकनाराय पाण्डे सहितका ‘हाईप्रोफाइल’ आरोपितहरूको भाग्यको फैसला गर्नेछन् । आज बहस बाँकी हुने भुटानी शरणार्थी नेता रिजालका तर्फबाट एक दर्जन कानुन व्यवसायीले वकालत नामा भरेका छन् भने अर्का आरोपित महर्जनद्वय श्रीमान् श्रीमती हुन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर विभिन्न ४ वटा कसुर लगाउँदै मुद्दा दायर गरेको थियो । यसमा अझै १२ जना फरार छन् । न्यायाधीश न्यौपानेले धरौटी वा साधारण तारेखमा छाड्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् । यो प्रकरणमा सरकारी वकिल कार्यालयले २८ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट