काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको भोलिको बैठकमा पनि बोलाइएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई भोलि पनि सुनुवाइका लागि बोलाइएको हो ।
समितिको बैठक भोलि बिहान ८ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन् ।
आजको बैठक सकिएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । आजको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका छन् ।