मानव तस्करीको आशंकामा नेफ्टा अवार्डबाट हात झिक्यो आयोजकले, हुने-नहुनेमा अन्यौलता-Sutra News

मानव तस्करीको आशंकामा नेफ्टा अवार्डबाट हात झिक्यो आयोजकले, हुने-नहुनेमा अन्यौलता

बिहिबार, ३२ जेष्ठ २०८०

बिहिबार, ३२ जेष्ठ २०८०

आगामी साउन ६ गते अमेरिकामा हुने भनिएको ‘११ औं संस्करणको नेफ्टा फिल्म अवार्ड’बाट स्थानिय एक आयोजकले अवार्डका नाममा अनधिकृत व्यक्तिलाई अमेरिका ल्याउन खोजिएको भन्दै आयोजकबाट नाम झिकेको छ।



स्थानीय आयोजकमध्येको एक आर्यन फिल्मस् प्रोडक्सनले विज्ञप्ति निकाल्दै आफूले कार्यक्रमबाट हात झिकेको जानकारी दिदैं अवार्डका दौरान भएको खर्चसमेत फिर्ता मागेको छ।

संस्थाका महाप्रबन्धक तथा मार्केटिङ प्रमुख गोपाल कटुवालले जारी गरेको विज्ञप्तीमा भिषा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा केही अनाधिकृत मान्छेहरुको निवेदन पनि परेकोले आफूहरु अवार्ड आयोजकबाट पछि हटेको उल्लेख छ । यो कम्पनी फिल्म निर्माता तथा निर्देशक रमेश एमके पौडेलको हो ।

जारी विज्ञप्तीमा आफूहरुले नेफ्टालाई अमेरिका–नेपालको राउण्ड ट्रिप, सोल्टी होटलमा कार्यक्रम र अन्य मसलन्दका लागि १५ हजार अमेरिकी डलर दिइएको उल्लेख छ ।

आर्यन फिल्मस्ले १५ हजार डलर पूर्ण रुपमा फिर्ता गर्न माग गर्दै आयोजक नै रहेका विमल पंक्षी वा यूएसखबरलाई विस्तृत जानकारीका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ ।

यस बारेमा नेफ्टाले कुनै प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट