सिनेमाको स्क्रिप्ट सुनेर शाहरुख खानले किन बाले चुरोट?, १८ वर्षपछि भयो खुलासा-Sutra News

सिनेमाको स्क्रिप्ट सुनेर शाहरुख खानले किन बाले चुरोट?, १८ वर्षपछि भयो खुलासा

बिहिबार, ३२ जेष्ठ २०८०

बिहिबार, ३२ जेष्ठ २०८०

बलिउडका किंग खान अर्थात् शाहरुख खानको सिनेमा ‘पहेली’ रिलिज भएको १८ वर्ष पूरा भएको छ।



यसका निर्देशक अमोल पालेकरले सिनेमा रिलिजको १८ वर्षपछि यो सिनेमासँग सम्बन्धित धेरै कुराहरुको खुलासा गरेका छन् । पहिलो पटक शाहरुख खानसँग ‘पहेली’को कथा लिएर आएपछि उनको प्रतिक्रिया कस्तो थियो भनेर अमोलले बताएका छन् ।

‘पहेली’को कथा सुनेपछि शाहरुख खानले चुरोट बालेर सिनेमामा अभिनयसँगै निर्माता बन्न आग्रह गरेको निर्देशकले हालैको अन्तर्वार्तामा बताए ।

‘सिनेमामा आफू नयाँ कलाकारलाई कास्ट गर्न चाहन्थे तर त्यसपछि आफूलाई अनौठो विषयवस्तुका लागि परिचित कलाकारलाई कास्ट गर्न सल्लाह दिइएको थियो’, निर्देशक अमोलले भने।

सल्लाह पछ्याउँदै उनले शाहरुख खान सँग सम्पर्क गरे ।

‘पहेली’को पुरा कथा सुनेपछि शाहरुख खानसहित सबैजना एकछिन चुप भए ।

अमोल पालेकरले स्क्रिप्ट सुनेर शाहरुख खानले चुरोट बालेको र त्यसपछि उनको पहिलो संवादले सबैलाई चकित बनाएको सम्झना गरे ।

‘सर, यदि तपाईलाई कुनै आपत्ति छैन भने के म यो सिनेमा निर्माण गर्न सक्छु’, शाहरुखले चुरोट बालेपछि अमोललाई भने।

आफ्नो सिनेमामा खेल्दिए हुन्थ्यो भनेर पुगेका निर्देशक अमोलका लागि शाहरुखको यो प्रस्ताव ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो। शाहरुख प्रस्ताव सुनेपछि पालकरले खानलाई धन्यवाद दिए

अमोल पालेकरले शाहरुख खानलाई अभिनेता र सिनेमा निर्माताका रूपमा राख्दा सिनेमा निर्माणको प्रक्रिया धेरै सहज भएको बताए ।
शाहरुख खानप्रति कृतज्ञता व्यक्त गर्दै अमोल पालेकरले उनीसँग काम गर्दा राम्रो अनुभव भएको बताए ।

‘उहाँले हरेक आवश्यकता र मागलाई स्वीकार गर्नुभयो र काममा कुनै बाधा आउन दिनुभएन’, उनले भने।

‘पहेली’मा शाहरुख खानसँगै रानी मुखर्जी, अमिताभ बच्चन, अनुपम खेर, जुही चावला, सुनील शेट्टी जस्ता धेरै स्टार देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट