बालेनको स्टाटसमा किन दियो क्यूएफएक्सले ‘ओभर रियाक्सन’?-Sutra News

बालेनको स्टाटसमा किन दियो क्यूएफएक्सले ‘ओभर रियाक्सन’?

शुक्रबार, १ असार २०८०

शुक्रबार, १ असार २०८०

बिहीवार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा आदिपुरुष सिनेमाले ‘जानकी भारतकी छोरी हुन् भन्ने संवाद नेपालमा मात्र होइन पूर्णरुपमा सबैतीर(संसारभर) लाग्ने सिनेमाबाट हटाउनुपर्छ नत्र काठमाडौंका हलमा कुनै पनि हिन्दी सिनेमा चल्दैन’ भन्ने प्रकृतिको स्टाटस लेखे।



नेपालको सेन्सर बोर्डले पनि दिउँसो सेन्सरमा ‘आदिपुरुष’ सिनेमा हेरेपछि सो संवाद हटाएमा वा म्यूट गरेमा वा बिप राखेमा मात्र सेन्सर पास गर्ने बतायो। सिनेमाका नेपाल वितरकले त्यो प्रक्रिया फटाफट पूरा गरेर आज शुक्रबारदेखि नै हलमा लाग्ने गरी सेन्सरको प्रमाणपत्र लियो।

यता बालेनको स्टाटस आएसँगै नेपाली सिनेमा हलमा सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सले दर्शकको सुरक्षाको कारण दर्शाउँदै आफ्ना सम्पूर्ण बिहानी शोहरु बन्द गर्‍यो। हलवालाहरुले पनि सेन्सर पाइसकेको सिनेमा भएकाले सरकारको धारणाको पर्खाइमा रहेको छ।

हाल भने सबै सिनेमाहलले ‘आदिपुरुष’ प्रदर्शन गरिरहेका छन्।

केही भारतीय संचारमाध्यमले नेपालको विरोधपछि ‘जानकी भारतकी बेटी’ हे संवाद हटाएको उल्लेख गर्दै समाचारहरु लेखेका छन्। तर ती समाचारहरुमा सबैतीर लाग्ने सिनेमाबाट हटाइएको हो की होइन भन्ने बारेमा केही उल्लेख गरेका छैनन्।

बालेनको स्टाटस लगत्तै दर्शकको सुरक्षाको कारण देखाउँदै बिहानी शो क्यान्सिल गर्ने क्यूएफएक्सको निर्णय भने आफेमा ‘ओभररियाक्सन’ हो। यसमा दर्शकको सुरक्षाको कारण भनिनुको पर्याप्त आधार क्यूएफएक्सले दिएको छैन।

बालेन आएर हस्तक्षेत गर्लान भनौं भने उनले सिनेमा निर्माणपक्षलाई ३ दिनको अल्टिमेटम दिएका छन्।

यसको सोझो अर्थ तीन सिनेमा चल्न पाउँछन् भन्ने हो। त्यसपछि पनि सिनेमा हल वल्न दिने भन्ने नै हो। त्यसमा नलाग्ने भने हिन्दी सिनेमा हो(त्यो पनि संवाद सव्याइएन भने) हो। यस्तोमा दर्शकको दुहाई दिदैं दर्शकहरुमा क्यूएफएक्सले आफेले आतंक सिर्जना गरेको छ।

खासमा उनीहरुलाई चिन्ता दर्शकको भन्दा पनि उल्लेख्य मात्रामा कमाइ हुने हिन्दी सिनेमा रोकिएलान की भन्ने हो।

उनीहरुको चाहना यसमा केन्द्रिय सरकारको हस्तक्षेप गरोस् भन्ने हो जसका लागि पर्याप्त हल्ला मच्चाउन आवश्यक थियो जुन उनीहरुले बिहानी शो क्यान्सिल गर्ने निर्णयले मच्चाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट