दक्षिण भारतीय निर्देशक एसएस राजामौली जसले ‘बाहुबली’ सिरिज, आरआर आर जस्ता सिनेमाबाट भारतीय सिनेमा निर्माता तथा दर्शकलाई भारतीय सिनेमाका लागि नविन बाटो देखाइ दिए।
वक्सअफिसमा उनका कुनै पनि सिनेमा फ्लप छैनन्। सबै ब्लकबस्टर छन्। उनी कुनै सुपरस्टार कलाकार भन्दा कम चर्चित छैनन्।
सन् २००१ मा ‘स्टुडेन्ट नम्बर वान’ रोमान्टिक एक्सन सिनेमाबाट निर्देशनमा डेब्यू भएका राजामौलीका त्यसयता रिलिज भएका १२ सिनेमामा १२ वटै सिनेमा ब्ल्कबस्टर बनेका छन्।
यो खाले सफलताको सिलसिला सिनेमा करियरमा कमैलाई मिल्ने गर्छ। राजामौली सिनेमा संख्याको आधारमा अघि छन् भने बलिउडमा पनि पाँच यस्तै निर्देशक कार्यरत छन् जसले लगातार हिट-सुपरहिट सिनेमा दर्शकमाझ पस्किरहेका छन्। ती निर्देशकहरुको सूचि यस्तो छः
१. राजकुमार हिरानी-
हालसम्म उनी निर्देशित ५ सिनेमा रिलिज भएका छन्। सन् २००३ मा मुन्नाभाइ एमबिबिएस’ बाट डेब्यू गरेका हिरानीले त्यसयता ‘लगें रहो मुन्न भाइ’, ‘थ्री इडियट्स’, ‘पिके’ तथा ‘सन्जु’ रिलिज भएका छन्। उनका यी पाँचै सिनेमा ब्ल्कबस्टर रहेका छन्।
२. रोहित शेट्टी-
उनलाई मास सिनेमाका राजा निर्देशक मानिन्छन्। उनले सन् २००३ मा जमिन सिनेमाबाट डेब्यू गरेका थिए। त्यसयता उनको निर्देशनमा ‘गोलमाल’ सिरिज, ‘सिंघम’ सिरिज, ‘चेन्नई एक्सप्रेस’ लगायतका १५ सिनेमा निर्देशन गरेका छन्। यी सिनेमामा उनको पछील्लो सिनेमा ‘सर्कस’ मात्र फ्लप भएको छ। १ सय ५० करोड भारुमा बनेको सिनेमाले वक्सअफिसमा केवल ६१.५ करोड भारु कमाइ गरेको थियो।
३. राकेश रोशन-
ऋतिक रोशनका बाबु राकेश रोशन अभिनय हुँदै निर्देशनमा होमिएका हुन्। उनी पनि बलिउडमा सफल सिनेमा निर्देशकका रुपमा परिचित छन्। सन्१९८७ मा ‘खुदगर्ज’ सिनेमाबाट डेब्यू गरेका उनका त्यसयता १३ वटा सिनेमा रिलिज भइसकेका छन्। ‘करण अर्जुन’, खुन भरी मांग’, ‘कृष’ सिरिज जस्ता सिनेमा उनले निर्देशन गरेका छन्। उनले ‘कहो ना प्यार हे’ सिनेमाबाट छोरा ऋतिकलाई आफ्नै निर्देशनमा ब्ल्कबस्टर डेब्यू गराए। उनी अर्को वर्ष ‘कृष-४’ लिएर आउने तयारीमा छन्।
४. आयान मुखर्जी-
सन् २००९ मा ‘वेक अफ सिद’बाट सुपरहिट निर्देशकीय डेब्यू गरेका आयान मुखर्जीका त्यसयता रिलिज भएका दुई सिनेमा ‘ए जवानी है दिवानी’ तथा ‘ब्रह्मास्त्रः पहिलो भाग- शीवा’ वक्सअफिसमा सुपरहिट भएका छन्। अब उनले ‘वार-२’ तथा ‘ब्रह्मास्त्र’का थप दुई भाग सिनेमा लिएर आउँदैछन्।
५. अलि अब्बास जफरः
सन् २०११मा ‘मेरे ब्रदरकी दुल्हन’ सिनेमाबाट निर्देशक बनेका अलिको यस यता ७ सिनेमा रिलिज भएला छन् जसमध्येका पछिल्ला दुई सिनेमा ओटिटि फ्लेटफर्मा रिलिज भएका छन्। यसका अलावा उनले ‘ताण्डव’ नामको वेब सिरिज पनि निर्देशन गरेका छन्। उनका सफल सिनेमाको सूचिमा ‘गुण्डे’, ‘सुल्तान’ तथा ‘टाइगर जिन्दा हैं’ जस्ता सिनेमा पर्छन्। उनको आगामी प्रेजेक्टमा ‘बडे मिया छोटे मियाँ’ रहेको छ जसमा पहिलोपटक अक्षयकुमार र टाइगर श्राफलाई एकसाथ एक्सन अवतारमा देख्न सकिनेछ।