भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ ।
उक्त नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३७ पैसा र पेट्रोलमा ८६ पैसा बढेर आएको निगमले जनाएको छ । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ । सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ ।
निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ । अब निगमले आइओसीलाई तिर्ने बक्यौता २ अर्ब भारुमा सीमित भएको छ ।