‘आदिपुरुष’को विवादित अंश हटाउन पहल गर्न अनुरोध गर्दै केन्द्रीय सरकारलाई बालेनले लेखे यस्तो पत्र-Sutra News

‘आदिपुरुष’को विवादित अंश हटाउन पहल गर्न अनुरोध गर्दै केन्द्रीय सरकारलाई बालेनले लेखे यस्तो पत्र

शुक्रबार, १ असार २०८०

शुक्रबार, १ असार २०८०
balen

काठमाडौं महानगरपालिकाले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई शुक्रबार पत्र लेख्दै आजबाट सार्वजनिक प्रदर्शनमा आएको भारतीय सिनेमा ‘आदिपुरुष’मा रहेको माता सीताको जन्मस्थल सम्बन्धि भ्रामक संवाद सिनेमाबाट पूर्णतया हटाउन आवश्यक पर्ने पहल सरकारी स्तरमा गर्न अनुरोध गरेको छ।



महानगरपालिकाले उक्त कार्य पूरा नभएसम्म नेपालमा भारतीय चलचित्रको प्रदर्शनमा गर्न निषेध गर्ने गराउन पनि अनुरोध गरेको छ।
दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउने सम्बन्धमा यो पत्राचार गरिएको छ’, वालेनले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ।

पत्रमा ‘नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैर सरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन’, पत्रमा भनिएको छ।

त्यसैगरी महानगरको सो पत्रमा आफूलाई प्राप्त अधिकार अनुरुप नै भारतीय सिनेमालाई प्रतिबन्ध गर्ने निर्णय गरेको पनि जनाएको छ।
यसका लागि पत्रमा महानगरपालिकाले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा(६) अनुरुप आफूले निर्णय गरेको लेखेको छ।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा(६)ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूत्तिमाथि ठाडो प्रहार भई अपुरणीय क्षति हुने र देखिन्छ। उक्त चलचित्रमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानागरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ।

महानगरपालिकाले काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्र प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिनर हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कुटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ।

उसले यो पत्रको बोधार्थ/कार्यार्थ प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, सिंहदरबार, परराष्ट्र मन्त्रालय तथा चलचित्र विकास बोर्ड चाबहिलसमेतलाई गराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट