पढ्नुहोस् संविधानको कुन धारा अन्तरगत हिन्दी सिनेमालाई प्रतिबन्ध लगाउँछु भनेका हुन बालेनले?-Sutra News

पढ्नुहोस् संविधानको कुन धारा अन्तरगत हिन्दी सिनेमालाई प्रतिबन्ध लगाउँछु भनेका हुन बालेनले?

शुक्रबार, १ असार २०८०

शुक्रबार, १ असार २०८०

‘आदिपुरुष’ सिनेमाले माता सीताको जन्मस्तानसम्बन्धी भ्रामक तथ्यलाई यस सिनेमाका निर्माताले सबैतीरबाट नहटाएमा तीन पछि सबै भारतीय हिन्दी सिनेमामाथि प्रतिबन्ध लगाउने घोषणा गरे।



उनले काठमाडौं महानारपालिकाका कुने पनि हलमा सिनेमा चलाउन नदिने घोषणा फेसबुकमा स्टाटस लेख्दै गरेपछि सिनेमा हल संचालकहरुले खुलेर यसको विरोध गर्न सकेनन्। उनीहरुले शुक्रबारको बिहानी शोमा दर्शक सुरक्षाको कारण देखाउँदै क्यानसिल गरे।

यस्तोमा धेरै जना बालेनले नेपालको सेन्सरले पास गरिसकेको सिनेमालाई रोक्ने घोषणा गरे भन्ने सोचमा परे। उनीहरु कुन कानुनको अधिकार प्रयोग गर्दै बालेनले यस्तो निर्णय गरे भन्नेमा अनविज्ञ बने।

बालेनले सरकारलाई आज पत्र लेख्दै सिनेमाबाट सो विवादित अंश किन हटाउनुपर्छ भन्ने उल्लेख गर्दै सरकारलाई उचित कुटनीतिक पहल गर्न अनुरोध गरेका छन्।

यस क्रममा उनले संविधानले स्थानीय सरकारलाई नेपालको संबिधानले दिएको अधिकार अनुसार गरेको पनि पत्रमा उल्लेख गरेका छन्।

 

महानगरपालिकाले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा(६) अनुरुप आफूले निर्णय गरेको लेखेको छ।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा(६)ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूत्तिमाथि ठाडो प्रहार भई अपुरणीय क्षति हुनेर देखिन्छ। उक्त चलचित्रमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानागरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ’,सरकारलाई महानगरले लेखेको पत्रमा भनिएको छ।

पत्रमा ‘नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैर सरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन’, उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट