सरोजको ‘बगान’ असार २९ मा, यस्तो छ कथा-Sutra News

सरोजको ‘बगान’ असार २९ मा, यस्तो छ कथा

शुक्रबार, १ असार २०८०

शुक्रबार, १ असार २०८०

अभिनेता सरोज खनालको डेब्यू निर्देशन ‘बगान’को प्रदर्शन मिति घोषणा भएको छ ।



बिहीबार एक पोस्टर सार्वजनिक गर्दै असार २९ गतेलाई सिनेमाको प्रदर्शन मिति तोकिएको हो ।

सिनेमामा निर्देशनसँगै खनालले मुख्य भूमिकामासमेत अभिनय गरेका छन्। उनका अलावा सिनेमामा करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषालको अभिनय रहेको सिनेमामा अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् ।

सुरेश वाग्ले प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यसैगरी सिनेमामा गौरीशंकर धुजुको छायाँकन, नारायण जिसी र उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ ।

निर्देशक खनालले सिनेमाको माध्यमबाट आफूले विधवा आमाको पनि विवाह गर्नुपर्छ भनेर सिनेमामा प्रस्तुत गरेको बताएका छन्।

‘यदि अल्पआयूमै श्रीमातीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन विताउन जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरुलाई हुँदैन। अब विधुर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ । सिनेमाले उठाएको मुख्य कथा हो’, खनालले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट