सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट-Sutra News

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

शुक्रबार, १ असार २०८०

शुक्रबार, १ असार २०८०

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ ।



प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमारी शाहीले प्रस्तुत गरेकी आगामी आवका लागि कूल विनियोजितमध्ये चालूतर्फ नौ अर्ब ५९ करोड ६० लाख दुई हजार, पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार, अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत दुई अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

साथै खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजश्व परिचालनबाट एक अर्ब ५० करोड, नेपाल सरकारबाट प्राप्त राजश्व बाँडफाँट भई प्राप्त हुने नौ अर्ब ४१ करोड १७ लाख, सङ्घीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने छ करोड ५६ लाख आठ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ५२ करोड तीन लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम तीन अर्ब ८६ करोड ६७ लाख २४ हजार ससर्त अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ७७ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ६२ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट