गलत ट्विट गरेको भन्दै भारतीय जनता पार्टीका नेता पक्राउ-Sutra News

गलत ट्विट गरेको भन्दै भारतीय जनता पार्टीका नेता पक्राउ

शनिबार, २ असार २०८०

शनिबार, २ असार २०८०

दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा)का एक प्रभावशाली नेता पक्राउ परेका छन् ।



भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो । उनी सो क्षेत्रका शक्तिशाली नेताको रूपमा चिनिन्छन् ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) अर्थात सीपीआईएमले भाजपाका राज्य सचिव सूर्यले सामाजिक सञ्जालमा जारी गरेको पोस्ट आपत्तिजनक भएको भन्दै दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।

सूर्यलाई भारतीय दण्ड संहिता (आईपीसी) र सूचना प्रविधि (आईटी) ऐनको विभिन्न धारा अन्तर्गत पक्राउ गरि मुद्दा चलाईएको भारतीय प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट