आइतबारदेखि सामुदायिक विद्यालय अनिश्चित कालीन बन्द हुने भएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चित कालीन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।
विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेको बताए ।
परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधा सहित पेसागत स्थायित्वको माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आइरहेको छ ।
यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणा विपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको ब्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ।’
उनले आफ्नो निर्देशन विपरीत विद्यालय बन्द गरेमा कारबाही गर्नेसमेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्