बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमर्पण गरेकी छन् ।
शनिबार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन् ।
चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमारविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो । उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप छ । यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ ।
अदालतमा हाजिर भएपछि अमिषा पटेललाई २१ जुनसम्म सशर्त जमानत दिइएको छ । यस विषयमा अर्को सुनुवाइ जुन २१ मा हुनेछ। अदालतले सो समयमा पनि अमिषा पटेललाई उपस्थित हुन आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्