समाजवादी मोर्चाको घोषणा असार ४ गते-Sutra News

समाजवादी मोर्चाको घोषणा असार ४ गते

शनिबार, २ असार २०८०

शनिबार, २ असार २०८०

समाजवादी मोर्चाको घोषणा असार ४ गते हुने भएको छ ।



नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले असार ४ गते मोर्चाको घोषणा हुन लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्राविधिक कारण हुन रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिस्ट पार्टी आबद्ध मोर्चाको घोषणा असार ४ गते हुनेछ ।

चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले त्यसलाई मूर्त रूप दिनका लागि छलफललाई तीव्रता दिइएको उनको भनाइ छ ।

‘देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो,’ उनले भने, ‘सरकारमा रहेका र बाहिर रहेका कम्युनिस्ट पार्टीबीच भएका छलफल टुङ्गिइसकेको छ, अब केही प्राविधिक समस्या हल हुने बित्तिकै घोषणा हुनेछ ।’

उनका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै सुरु भए पनि अब मूर्त रूप लिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट