मिस एसइई नेश्नल २०२३क की ताज कृतिकालाई-Sutra News

मिस एसइई नेश्नल २०२३क की ताज कृतिकालाई

शनिबार, २ असार २०८०

शनिबार, २ असार २०८०
सौन्दर्य प्रतियोगिता ‘मिस एसइई नेश्नल २०२३’ को ताज कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।
प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनर अप तथा अदिति ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितिले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनर अप तर्फ कृस्टिना ढुङ्गाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।
युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा सञ्चालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रूपमा विजेता घोषित भए ।
३२ जना छात्राहरूको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद् छविलाल पाण्डे, सम्पादक साहिल खान, मोडल एवं संचारकर्मी रिता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रूपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट