बेलारुसमा राख्यो रुसले आणविक हतियार-Sutra News

बेलारुसमा राख्यो रुसले आणविक हतियार

शनिबार, २ असार २०८०

शनिबार, २ असार २०८०

रुसले बेलारुसमा रणनीतिक आणविक हतियारको पहिलो समूह राखेको छ ।



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले यसका बारेमा जानकारी दिएका छन् । उनका अनुसार रुसको भूभाग वा राज्यलाई धम्की दिएमा मात्र प्रयोग सो आणविक हतियार प्रयोग गरिने बताए ।

उनले एक सार्वजनिक मञ्चमार्फत आणबिक हतियार बेलारुसमा पुर्‍र्‍याइएको जानकारी दिएका थिए । बेलारुस एक प्रमुख रुसी सहयोगी हो ।

सो क्रममा राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।

सेन्ट पीटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाषण पछि प्रश्नहरूको जवाफ दिँदै रसियाका राष्ट्रपतिले भने, ‘यो कदम नियन्त्रणको बारेमा थियो र हामीलाई रणनीतिक पराजय गर्ने सोच्नेले यसको सम्झना गरुन भनेर देखाइएको हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट