‘आदिपुरुष’को संवाद सच्याउने बालेनको अल्टिमेटम आज सकिदैं, दुई दिनमा नेपालमा कति कमायो?-Sutra News

‘आदिपुरुष’को संवाद सच्याउने बालेनको अल्टिमेटम आज सकिदैं, दुई दिनमा नेपालमा कति कमायो?

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

‘बाहुबली’ फेम प्रभाष तथा कृति सेनन स्टारर ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा नेपालमा प्रदर्शन हुने फाइलबाट नभइ पूर्णरुपमा सबै खाले प्रदर्शनबाट हटाउनु पर्ने अन्यथा काठमाडौं महानगरपालिका भित्रका कुनै पनि सिनेमाहलमा हिन्दी सिनेमा चल्न नदिने मेयर बालेन शाहले दिएको अल्टिमेटम आज सकिदैंछ।



नेपालका हलमा सो संवाद हटेको सिनेमा प्रदर्शन भइरहे पनि भारत लगायतका विश्वका अन्य भुभागमा यथावत संवादमै सिनेमा प्रदर्शन भइरहेकाले महानागरले भोलिबाट हिन्दी सिनेमाको प्रदर्शन रोक्ने तयारी गरेको छ।

महानगरले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई शुक्रबार पत्र लेख्दै शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको भारतीय सिनेमा ‘आदिपुरुष’मा रहेको माता सीताको जन्मस्थल सम्बन्धि भ्रामक संवाद सिनेमाबाट पूर्णतया हटाउन आवश्यक पर्ने पहल सरकारी स्तरमा गर्न अनुरोध गर्दै पत्र लेखेको थियो।

मन्त्रालय हालसम्म सो पत्रका बारेमा के भइरहेछ भन्ने बारेमा कुनै औपचारिक जानकारी दिएको छैन्।

आज सिनेमा प्रदर्शनको तेश्रो दिन हो जुन बालेनले समयसीमा तोकेको अन्तिम दिन हो। आज साँझसम्ममा महानगरको आगामीओ कदम सार्वजनिक हुनेछ।

प्रदर्शनको दुई दिनेमा सिनेमाले उल्लेख्य कमाइ गरेको वक्सअफिस रिपोर्ट प्राप्त भएको छ।

वक्सअफिस श्रोतका अनुसार सिनेमाले दुई दिनमा झण्डै डेढ करोड बराबरको ग्रस व्यापार गरेको छ। यो व्यापारमा शुक्रबार बिहानको शोको रकमसमेत उल्लेख छ जसका कारण प्राप्त हिसाबमा केही रकम कम हुनसक्छ।

हलवालाहरुले सिनेमा रोक्ने बालेनको चेतावनीपछि दर्शकको सुरक्षाका कारण भन्दै बिहानी शोहरु रद्ध गरेको थियो।

उनीहरुले यसबापत दर्शकको पैसा फिर्ता गर्ने वा दर्शकको चाहाना अनुसार अर्को शोमा व्यवस्थापन गर्ने बताएका थिए।

बिहानी शोमा पचास प्रतिशत छुट हुने भएकाले यो हिसाबमा उल्लेख्य गिरावट भने आउनेछैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट