विवादास्पद संवाद हटाउँदै ‘आदिपुरुष’, सिनेमा ३ मिनेट छोट्टिने, हट्ला त ‘जानकी भारतीय छोरी हुन्’ संवाद-Sutra News

विवादास्पद संवाद हटाउँदै ‘आदिपुरुष’, सिनेमा ३ मिनेट छोट्टिने, हट्ला त ‘जानकी भारतीय छोरी हुन्’ संवाद

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

‘बाहुबली’ फेम प्रभाष तथा कृति सेनन स्टारर ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा नेपालमा प्रदर्शन हुने फाइलबाट नभइ पूर्णरुपमा सबै खाले प्रदर्शनबाट हटाउनु पर्ने अन्यथा काठमाडौं महानगरपालिका भित्रका कुनै पनि सिनेमाहलमा हिन्दी सिनेमा चल्न नदिने मेयर बालेन शाहले दिएको अल्टिमेटम आज सकिदैंछ।



नेपालका हलमा सो संवाद हटेको सिनेमा प्रदर्शन भइरहे पनि भारत लगायतका विश्वका अन्य भुभागमा यथावत संवादमै सिनेमा प्रदर्शन भइरहेकाले महानागरले भोलिबाट हिन्दी सिनेमाको प्रदर्शन रोक्ने तयारी गरेको छ।

महानगरले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई शुक्रबार पत्र लेख्दै शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको भारतीय सिनेमा ‘आदिपुरुष’मा रहेको माता सीताको जन्मस्थल सम्बन्धि भ्रामक संवाद सिनेमाबाट पूर्णतया हटाउन आवश्यक पर्ने पहल सरकारी स्तरमा गर्न अनुरोध गर्दै पत्र लेखेको थियो।

यसैबीच सिनेमाका पटकथाकार तथा गीतकार मनोज मुन्तशिर शुक्लाले सिनेमाका विवादास्पद केही संचादहरु हटाइन लागिएको जसका कारण सिनेमा ३ मिनेट छोटो हुने बताएका छन्।

आफ्नो ट्विटरमार्फत उनले यस्तो जानकारी दिएका हुन्। उनले संवाद हटाउने बताए पनि केके संवाद हटाउन लागिएको भन्ने बारेमा केही खुलाएका छैनन्।

भारतमासमेत उनी लिखित केही संवादमाथि भारतीय दर्शकले आपत्ति प्रकट गरेका छन् भने केही समूह त मुद्दा लिएर अदालतसमेत पुगेका छन्। यस्तोमा चौतर्फी दबाब परेपछि ‘आदिपुरुष’का निर्माताहरुले यो निर्णय लिएको ठानिएको छ।

अब यो काटछाटामा नेपालले आपत्ति जनाएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद पर्छ कि पर्दैन यसबारेमा केही खुलाइएको छेन्।

लेखक शुक्लाले आजतकसँग साक्षात्कार गर्दै शनिबार नेपाल सन् १९०३ मा भारतबाट अलग भएको अभिव्यक्ति दिएका थिए। यसले नेपालमा थप विवाद बढेको छ। संससमा समेत एमालेका नेता ठाकुर गैरे सरकारको यस बारेमा औपचारिक धारणा मागिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट