पर्यटन मन्त्रालयले कोशी प्रदेशको नाम प्रदेश १ लेखेपछि…-Sutra News

पर्यटन मन्त्रालयले कोशी प्रदेशको नाम प्रदेश १ लेखेपछि…

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० का विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल भइरहेको छ ।



आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल कार्यसूची थियो । तर, कोशी प्रदेश उल्लेख नगरेर प्रदेश १ लेखिएको भन्दै एमालेले आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले प्रदेशसभाबाट भारी बहुमतले राखेको नाम उल्लेख नगरेर अंकमा लेखिएकाले उक्त मन्त्रालयगतको शीर्षकमाथि छलफल हुन नसक्ने भन्दै सदनको ध्यानाकर्षण गराए । नसच्याएसम्म छलफल हुनै नसक्ने उनले बताएपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट