योगेश भट्टराईलाई गृहजिल्ला प्रवेश निषेध !-Sutra News

योगेश भट्टराईलाई गृहजिल्ला प्रवेश निषेध !

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

पहिचानविरोधी अभिव्यक्ति निरन्तर दिएको भन्दै पाहिचानवादी विभिन्न संघ–संस्थाहरूले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।



जिल्लाको खस क्षेत्री एकता समाज, आदिवासी जनजाति महासंघ, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई प्रवेश निषेध घोषणा गरेका हुन्।

उनीहरूले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरूलाई हिंसा गर्ने, पहिचानवादी समुदायको न्यायिक आन्दोलनलाई जबर्जस्त दबाउने क्रम जारी रहेको आरोप लगाइएको छ।

यद्यपि, मुलुकका हरेक नागरिकलाई देशभर आवतजावत गर्न संविधानले रोक लगाउने कल्पना गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट