नेपालद्वारा जिम्बावेलाई २९१ रनको लक्ष्य-Sutra News

नेपालद्वारा जिम्बावेलाई २९१ रनको लक्ष्य

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङमा नेपालले जिम्बावेलाई २९१ रनको बलियो लक्ष्य दिएको छ ।



आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनायो ।

नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा सर्वाधिक ९९ रन, आसिफ शेख ६६ रन र कुशल मल्ल ४१ रनमा आउट भए । त्यस्तै, कप्तान रोहित पौडेल ३१ रनमा आउट भए ।

नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ६ र आरिफ शेख १० रनमा आउट भए । भीम सार्की गोल्डेन डक आउट हुँदा करण केसी २ रनमा नट आउट रहे ।

जिम्बावेका रिचर्ड न्गारावाले ४, वेलिंग्टन मसाकाड्जाले २ तथा ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट