भोलिबाट महानगरका हलमा भारतीय सिनेमाको प्रदर्शन बन्द, यस्तो  गर्दैछ महानगर-Sutra News

भोलिबाट महानगरका हलमा भारतीय सिनेमाको प्रदर्शन बन्द, यस्तो  गर्दैछ महानगर

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

आफूले दिएको ३ दिने अल्टिमेटम अनुसार ‘आदिपुरुष’ निर्माण पक्षले संसार भर नै विवादित संवाद नसच्याएपछि काठमहानगरपालिकाले भोलिबाट आफ्नो क्षेत्रभित्रका सिनेमाघरमा कुनै पनि हिन्दी सिनेमा प्रदर्शन गर्न नदिने भएको छ।



यसबारेमा महानगरले आफ्ना क्षेत्रभित्रका सिनेमाहललाई आज सूचना दिने र भोलिबाट सो कार्यान्वयन भएनभएको अनुगमन गर्ने महानगर श्रोतले जनाएको छ।

महानगरपालिकाका ३२ वटा १७ सिनेमा हल रहेका छन्।

‘बाहुबली’ फेम प्रभाष तथा कृति सेनन स्टारर ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा नेपालमा प्रदर्शन हुने फाइलबाट नभइ पूर्णरुपमा सबै खाले प्रदर्शनबाट हटाउनु पर्ने अन्यथा काठमाडौं महानगरपालिका भित्रका कुनै पनि सिनेमाहलमा हिन्दी सिनेमा चल्न नदिने घोषणा मेयर बालेन शाहले गरेका थिए।

सो घोषणाको समयसीमा आज सकिएसँगै महानगर यस्तो एक्सनमा उत्रेको हो। बालेनको घोषणापछि यसले भारतमा समेत चर्चा बटुलेको थियो सोमाथि प्रतिक्रिया दिदैं सिनेमाका पटकथाकार मनोज मुन्तशिर शुक्लाले नेपाल सन् १९०५ मा मात्र भारतसँग छुटिएको भन्ने अभिव्यक्ति दिएपछि सिनेमा नेपालमा थप विवादित बनेको छ।

सामाजिक संजालमा सिनेमाको प्रदर्शन रोक्नुपर्ने माग बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट