आइतबार बिहान कालीमाटी फलफूल तथा तरकारी बजार पुगेका किसानहरुले उचित मूल्य नपाएको गोलभेँडा कालिमाटी सडकमा फालेपछि गायिका ज्योति मगरले आफ्नो भडास पोखेकी छन् ।
उनले फेसबुकमा समाचारको लिङ्क सेयर गर्दै नेताहरु प्रति आक्रोशित बनेर गालीको वर्षा गरेकी छन् ।
यस्तो छ उनको स्टाटस-
नेताज्यूहरु बहस गर्दा कृषि क्रान्ति गरौं भन्दै भुक्नुहुन्छ। किसानहरु भने कृषिजन्य स्रोत साधन बिउबिजन,खाद्य मल,आधुनिक औजार,उत्पादन गर्ने भूमि आदिको अभावमा पनि अन्न तरकारी फलाउछ तर पनि उचित मूल्य पाउँदैन।
आजको मितिमा मेरो घर अगाडिको पसलवालाले ३० देखि ४०, मैले ५० देखि ६० रुपैयाँ प्रति के.जी खरिद गरिने गोलभेडाको मुल्य किसानले बेच्दा ४ रुपैयाँ प्रति के.जी मूल्य नपाउनु कहाँसम्म को कुरा हो र त्यो बिचमा पैसा कसले कमाइ रहेको छ?
उचित बजार व्यवस्थापन गरी किसानलाई कृषि गर्न प्रेरित गर्ने कि इन्डियाबाट तरकारी आयात गर्दै नेपालका किसानहरुलाई अरबतीर पठाउने? फ्री भिषा टिकट मिलाउछु भन्दै भोट माग्न जाने हो? नेता ज्यूहरु त्यही नेताहरुको सरकार बन्या छ म्याथ सिक्नेहरु देशभक्तिको गफ देकै छन अनि नेपाली जनता भुटानी शरणार्थी भएर अमेरिका जाँदैन न त?
अनि बाउ बाजेको जमिन बेच्दैन त? भित्री अँखा खोलेर हेर्नुस राष्ट्रघात बालकृष्ण खाड र टोपेन्द्र रायमाझीको बाउ छोराले मात्र होइन तपाईं हामी सबैले गरेका छौ।
नेपाल सरकारले आफ्नो उत्पादन व्यस्थापन गरी आफ्नै देशको नागरिकलाई रोजगार दिन सकेन अनि नेता ज्यूले कसैले भुटानी शरणार्थी त कसैले फ्री भिसामा भन्दै अरबतीर जाने व्यवस्था मिलाउनुभयो भने हामी चै बाउ बाजे को जमिन बेच्दै ऋण काट्दै विदेश उड्यौं अनि यही बाध्यतालाई क्यास गर्दै फेरि नयाँ नेता ज्ञानेन्द्र शाही, रवी लामिछाने जस्ता नेताज्यूहरुको उत्पति भयो अनि हामी भेडाहरु के के नै होला जस्तो गरि भिडको पछाडि दौडिदै छम खोक्रो राष्ट्रवाद को नारा लगाउँदै। मलाइ था छ नेपाली हुनुमा गर्व छ भनेर जति खोके पनि कहि न कहि हिनताबोध नै छ।।।
यो मेरो अनुभव र व्यक्तिगत विचार।।।