बोर्ड क्लिनिकको, कारोबार लागूऔषधको-Sutra News

बोर्ड क्लिनिकको, कारोबार लागूऔषधको

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन् ।



धनगढी उपमहानगरपालिका-१३ एयरपोर्ट मोडमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीय गणेश बाग पक्राउ परेका हुन् । डोटीको आदर्श गाउँपालिका-१ का बागले सञ्चालन गरेको क्लिनिकमा लागूऔषध फेला परेको हो ।

उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागूऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट