संवाद र प्रस्तुतिका कारण नेपालसँगै भारतमा समेत विवादित बनेको प्रभाषको पछिल्लो रिलिज ‘आदिपुरुष’ले वक्सअफिसमा धमाकेदार कमाइ गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
विवादका कारण हाइप कमाएको सिनेमाले तीन दिनमा संसारभर ३ सय करोड भारुको ग्रस कलेक्सन गरेको छ।
सिनेमाले रिलिजको पहिलो दिन विश्वव्यापीरुपमा १ सु ४० करोड भारुको ग्रस कलेक्सन गरेको थियो भने दोश्रो दिन सय करोड कमाइ गर्यो। यसैगरी तेश्रो दिन सिनेमाले ६४ करोड कमाएको भारतीय संचारमाध्यमहरुमा उल्लेख छ।
ओम राउत निर्देशित सिनेमामा संवाद मनोज मुन्तशरले लेखेका हुन्। सिनेमामा प्रभास, कृति सेनन, सनी सिंह, वत्सल सेठ, देवदत्त नागे तथा सैफ अलि खान मुख्य भूमिकामा रहेका छन्।
सिनेमाको ग्राफिक्स कमजोर भएको प्रतिक्रिया सँगै सिनेमा आफ्नो संवाद र प्रस्तुतिका लागि पनि आलोचित भइरहेको छ।