‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवाद पूर्णरुपमा नहटाएको भन्दै सोमबारबाट काठमाडौं महानगरपालिकाले आफना क्षेत्रका हलमा हिन्दी सिनेमाको प्रदर्शन रोकेको छ।
हलवालाहरु बालेनसँग टक्कर नलिने मुडमा रहेकाले उनीहरुले सिनेमाको शो राखेका छैनन्।
योसँगै केही मेयरहरुले आफ्ना नगरहरुमा प्रदर्शन रोक्ने घोषणा गरेका छन्।
यसैबिच ‘आदिपुरुष’ सिनेमाको नेपाल वितरण अधिकार किनेको श्री वेङ्कटेश इन्टरटेन्मेन्टले आफूहरुले सिनेमाको प्रदर्शन नरोकेको र वितरकले नै रोकेको भनेर आएको समाचार भ्रामक भएको जनाएको छ।
सूत्र न्यूजसँग कुरा गर्दै वितरण कम्पनीका मनोज राठीले आफूहरुले सिनेमा रोक्ने कुनै निर्णय नगरेको बताए।
त्यसैगरी उनले काठमाडौं महानगरपालिका भित्र रहेका हलहरुले महानगरको आधिकारिक पत्र प्राप्त नगरिकने सिनेमा प्रदर्शन नगरेको बताए।
राठीले बालेनको ह्विमका आधार देशभरका सबै शहरमा सिनेमाको प्रदर्शन रोकिएको बताए।
हलवालाहरुले शान्तिसुरक्षाको कारण दखाउँदै प्रदर्शन रोकेको उनको भनाइ छ। हलहलमा सिनेमा नचलाउन भन्दै मानिसहरु पुगेकाले काठमाडौं महानगरपालिका बाहेकका क्षेत्रमा पनि सिनेमाको प्रदर्शन रोकिएको जानकारी उनले सूत्रन्यूजलाई दिएका छन्।
उनले सिनेमा रोकिदां कति घाटा भयो भन्ने जिज्ञासामा एकिन यति नै घाटा भयो नभनेपनि आफूहरु डुबेको जानकारी दिए। उनले भारतीय कम्पनीलाई पैसा तिरीसकेको त सो पैसा फिर्ता महुने भएकाले आफूहरु डुब्नुको विकल्प नभएको बताए।