जापान पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको आरोपमा सुनबहादुर पक्राउ-Sutra News

जापान पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको आरोपमा सुनबहादुर पक्राउ

सोमबार, ४ असार २०८०

सोमबार, ४ असार २०८०

वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।



नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय सुनबहादुर तामाङलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

तामाङले हिरादेवी थापालाई जापानमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुने कृषि क्षेत्रमा काम लगाइदिन्छु भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका उजुरीको आधारमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालयमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट