नागरिक उन्मुत्ती पार्टीका संस्थापक रेशमलाल चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङलाई श्रमदानका लागि प्रयोग हुने औजारहरू उपहार दिएका छन् ।
आममाफी पाएपछि राजनीतिक भेटघाट तीब्र बनाएका चौधरी आज धरान पुगेका हुन् । उनले मेयर साङपाङलाई श्रमदानका लागि साथ दिन आफु तयार रहेको बताएका थिए ।
चौधरीले साङपाङबाट प्रभावित भएर आफरुले पनि टिकापुरमा श्रमदानको सुरुवात गर्न लागेको पनि जानकारी दिए । धरान उपमहानगर कार्यलयमा पुगेका चौधरीले मेयर साङपाङको गाएकीको पनि प्रशंसा गरेका थिए ।