कोशी प्रदेश सकारले बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढीपहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक लाख र घाइतको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रूपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश १ स्थित पूर्वी पहाडी जिल्लामा भएको भारी वर्षाले जनधनको क्षति भएको छ । हालसम्म कोशीमा ५ जनाको ज्यान गइसकेको छ भने दुइ दर्जनभन्दा बढी बेपत्ता छन् ।