विवाह गरेको झण्डै ११ वर्षपछि तेलेगु फिल्म अभिनेता राम चरणलाई सन्तान लाभ भएको छ। उनी छोरीबा बाबु बनेका हुन्।
भारतीय संचारमाध्यमका अनुसार रामकी पत्नी उपासना कामिनेनी कोनीडेलाले मंगलबार छोरीलाई जुन्म दिएकी हुन्।
राम चरण तेलेगु सुपरस्टार चिरञ्जिवीका छोरा हुन्।
‘मगधिरा’ तथा ‘आरआरआर’ फेम रामकी छोरी अपोलो अस्पताल, जुब्ली हिल्स हैदराबादमा जन्मिएकी हुन्।
अस्पतालले आमा तथा छोरी दुबैको स्वास्थ्य सामान्य रहेको जनाएको छ।