५ सय करोडको यो ‘आदिपुरुष’ अनि ९ लाख प्रतिएपिसोडको त्यो रामायण, जान्नुस् कति गरेको थियो कमाइ-Sutra News

५ सय करोडको यो ‘आदिपुरुष’ अनि ९ लाख प्रतिएपिसोडको त्यो रामायण, जान्नुस् कति गरेको थियो कमाइ

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

५ सय करोड भारुमा तयार भएको ‘आदिपुरुष’ आफ्नो मेकिङ र केही संवादहरुका कारण हाल विवादमा छ।



यो विवादले रामानन्द सागरको टिभी श्रृखंला ‘रामायण’को सम्झना गरिरहेका छन्। सन् १९८७ मा प्रसारण भएको यो टेलिश्रृखंलालाई आज पनि मानिसहरुले उत्तिकै मनपराउने गरेका छन्।

यसमा अरूण गोविल भगवान रामको भूमिकामा थिए भने सीताको भूमिकामा दीपिका चिखलियाले निर्वाह गरेकी थिइन। उनीहरुको अभिनयलाई आज पनि दर्शकहरुले उत्तिकै याद गर्छन्। कोभिड लकडाउनका बेलामा टेलिभिजनमा पुनः प्रसारण हुँदा पनि यसले टिआरपीमा आफूलाई अब्बल सावित गरेको थियो।

आफ्नो समयमा यो टेलिश्रृखंलाले राम्रो कमाइ गरेको थियो। भारतीय मिडिया रिपोटस्हरुलाई आधार मान्ने हो भने त्यतिबेला यो श्रृखंला बन्न प्रतिश्रृखंला ९ लाख भारु खर्च हुने गरेको थियो।

९ लाख खर्च हुँदा यसको कमाइ पनि त्यति नै लोभलाग्दो थियो। त्यो समयमा यसले प्रति एपिसोड ४० लाख सम्म कमाउने गरेको बताइन्छ। यस हिसाबले यसको कुल कमाइ ३० करोड भारूको आसपास थियो। त्यो हिसाबले यो कमाइ त्यतिबेला एकदमै राम्रो हो।

५५ देशमा एकसाथ भएको थियो प्रसारण

सिरियलको लोकप्रियता यतिसम्म थियो की यो प्रसारण हुँदा सडक सुनसान हुने गर्थ्यो। त्यो बेलामा यसले सडकमा कर्फ्यूको छनक दिने गरेको भारतीय संचारमाध्यमहरुले बताउने गरेका छन्।

यो सिरियललाई त्यतिबेला एकसाथ ५५ देशमा प्रसारण गरिएको थियो। कुल ७८ वटा एपिसोड रहेको यो सिरियलको प्रत्येक भाग ३५ मिनेटको थियो। रसको अन्तिम एपिसोड ३१ जुलाई १९८८ मा भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट