‘बाढीपहिरोबाट १० को मृत्यु, २६ जना बेपत्ता’-Sutra News

‘बाढीपहिरोबाट १० को मृत्यु, २६ जना बेपत्ता’

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शनिबारयता आएको बाढीपहिरोबाट भएका क्षतिबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।



मंगलबार बसेको संसद बैठकमा गृहमन्त्री श्रेष्ठले शनिबारयता आएको बाढीपहिरोबाट १० जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएका जानकारी दिएका हुन् । शनिबार रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ ।

गृहमन्त्री श्रेष्ठका अनुसार बाढीपहिरोबाट ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको बताए ।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एकभन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने जानकारी दिए ।

घरबारविहीन परिवारलाई तत्काल गुजाराको लागि १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट