जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले राम्रो बलिङ सुरुवात गरेको छ ।
अमेरिकाविरुद्धको जारी खेलमा नेपालले २३ ओभरको समाप्तीमा ७४ रन खर्चिएर ५ विकेट लिइसकेको छ ।
नेपालका लागि तीव्र गतिका बलर करण केसीले ४ विकेट लिएका छन् । साथै दीपेन्द्रसिं ऐरीको नाममा एक विकेट छ ।
अमेरिकाका लागि अहिले क्रिजमा शयन जहनगिर र सुशान्त मोदनी रहेका छन् । जहनगिर ६ तथा मोदनी ३१ रनमा क्रिजमा रहेका छन् ।
टस जितेर नेपालले बलिङ रोजेपछि अमेरिका पहिले ब्याटिङ गरिरहेको छ ।