अस्पतालको गेट नजिकै बेवारिसे अवस्थामा शिशु फेला-Sutra News

अस्पतालको गेट नजिकै बेवारिसे अवस्थामा शिशु फेला

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

सिराहाको लहान नगरपालिका-३ मा रहेको प्रादेशिक अस्पताल गेटमा गत १३ जेठमा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



विवाह नै नगरीसँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि जन्मेको १५ दिनपछि अस्पतालको गेटमा फालेर फरार भएका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सिसिटिभी फुटेज हेरेर सादा पोसाकका प्रहरी परिचालन गरी शिशु फाल्न मोटरसाइकल चलाएर आएका पुरुषलाई लहान बजार क्षेत्रबाट गत २६ जेठमा पक्राउ गरी जन्माएको बच्चा फाल्ने र परित्याग गरेको कसुरमा प्रहरीले मुद्दा दायर गरेको छ ।

सप्तरीको कल्याणुर नगरपालिका-१० घर भएका २० वर्षीय परिवर्तित नाम भुवन र सोही जिल्लाको बलान विहुल गाउँपालिका-२ बस्ने परिवर्तित नाम करिश्माको बच्चा रहेको प्रहरीले जनाएको छ ।

यसबारे प्रहरीको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट